विराटनगर, फागुन २९
नेपालमा पहिलो पटक आयोजना भएको महिला साफ च्याम्पियनसिप फुटलबमा आज दोस्रो खेल भइरहेको छ । आजको खेलमा समूह ‘बी’ का भारत र माल्दिभ्सले खेलिरहेका छन् ।
विराटनगरको शहीद रंगशालामा भइरहेको यस खेलमा भारतले ३–० को अग्रता बनाएको छ । साफका पछिल्ला ४ संस्करणमा अपराजित रहेको भारतका लागि तेस्रो गोल इन्दुमति खत्रीले गोल गरिन् । उनले खेलको २१ औं मिनेटमा गोल गरेकी हुन् ।
यसअघि सूचीदेवीले १२ औं मिनेटमा र संगीता बस्फोराले खेलको आठौं मिनेटमा गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।