विराटनगर, फागुन २९
नेपालमा पहिलो पटक आयोजना भएको महिला साफ च्याम्पियनसिप फुटलबमा आज दोस्रो खेल भइरहेको छ । आजको खेलमा समूह ‘बी’ का भारत र माल्दिभ्सले खेलिरहेका छन् ।
विराटनगरको शहीद रंगशालामा भइरहेको यस खेलमा भारतले २–० को अग्रता बनाएको छ । साफका पछिल्ला ४ संस्करणमा अपराजित रहेको भारतका लागि सूचीदेवीले दोस्रो गोल गरिन् । उनले खेलको १२ औं मिनेटमा गोल गरिन् ।
यसअघि संगीता बस्फोराले खेलको छैटौं मिनेटमा गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।