birat ribon

च्याम्पियन्स लिग : लियोनविरुद्ध भिड्दै गर्दा बार्सिलोनालाई अप्रत्यासित नतिजाको डर

Neuro
च्याम्पियन्स लिग : लियोनविरुद्ध भिड्दै गर्दा बार्सिलोनालाई अप्रत्यासित नतिजाको डर

Padelux insider
cura insider

एजेन्सी, फागुन २९
युरोपकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिग फुटबलमा आज स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च फुटबल क्लब लियोनसँग खेल्दैछ । जारी लिगको अन्तिम १६ अन्तर्गतको दोस्रो लेगमा बार्सिलोनाले लियोनलाई आफ्नै मैदानमा निम्त्याउँदैछ ।

क्याप नोउमा राति १ः४५ बजेदेखि सुरू हुने यस खेलको विजेताले अन्तिम आठमा स्थान बनाउनेछन् । किनकी, यसअघिको पहिलो लेगमा यी दुवै टोलीले बराबरी खेलेका थिए । लियोनको मैदानमा भएको त्यस खेलमा यी दुवै टोलीले गोल गर्न सकेनन् ।

आजको यस खेलमा लियोन उच्च मनोबलका साथ खेल्ने अपेक्षा लिइएको छ भने बार्सिलोनालाई अप्रत्यासित नतिजा हुने हो कि भन्ने डरले सताएको छ । कतै बार्सिलोनाको पनि रियल मड्रिडको झै नियति हुने त होइन भन्ने अनुमान पनि गरिएको छ ।

इतिहास हेर्दा बार्सिलोनाले लियोनविरुद्ध घरेलु मैदानमा पराजय भोगेको छैन । च्याम्पियन्स लिगमा बार्सिलोनाले लियोनसँग तीनपटक प्रतिस्पर्धा गरेको छ । जसमा, ३ खेलमा नै बार्सिलोनाले सकारात्मक नतिजा निकालेको छ । उसले लियोनविरुद्ध १० गोल गरेको छ ।

बार्सिलोनाको डिफेन्स लाइनले गल्ती गरेमा महँगो पर्ने समीक्षकहरु बताउँछन् । यद्यपि, यस सिजन ला लिगामा पनि ७ अंकको अग्रता बनाएको बार्सिलोना च्याम्पियन्स लिगमा पनि उत्कृष्ट खेल देखाउने रणनीतिमा रहेको छ ।

लियोनको काउन्टर खेललाई कसरी मात दिनेछ त्यो भने चासोको विषय भएको छ । यस सिजन बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि दिलाउन खेलाडीहरू नै उच्च मनोबलमा तयार रहेको बताइएको छ ।

jackson ribon