
विराटनगर, फागुन २९
विराटनगरमा जारी पाँचौ महिला साफ च्याम्पियनसिप प्रतियोगिताको दोस्रो खेलमा आज पूर्वविजेता भारतसँग मालदिभ्सको प्रतिस्पर्धा हुदैछ ।
विराटनगरस्थित शहीद रंगशालामा आज दिउँसो ३ बजेदेखि हुने दोस्रो खेलमा समूह ‘बी’अन्र्तगतका राष्ट्रहरू हालसम्मको निरन्तर विजेता भारत र गत सिरिजमा सेमिफाइलमा पुग्न सफल मालदिभ्सबीच प्रतिस्पर्धा हुन गइरहेको हो । मालदिभ्सले गत सिरिजमा सेमिफाइनलमा बंगलादेशसँग ६—० ले हार बेहोर्नु परेको थियो ।
हालसम्मको प्रभावशाली टिम भारत
भारत साफ महिला फुटबलमा हालसम्मको अविजित विजेता भारतले चारवटा साफ सिरिजका १९ खेल खेल्दा १८ वटामा जित हासिल गरेको छ । एउटामा भने भारतले बराबरीमा चित्त बुझाउनु परेको थियो ।
हालसम्म भारतले एउटा पनि खेल हारेको छैन भने चार वटा सिरिजमा जम्मा १ सय २० गोल गरेर ५ गोल मात्र खाएको छ । हालसम्म भारतले ५५ प्राप्त गरिसकेको छ । यसैगरी प्रतिद्वन्द्वी टिम मालदिभ्सले हालसम्मका चार सिरिजमा १३ खेल खेलेकोमा ३ वटामा मात्र जित हासिल गरेको छ ।
खेलेकामध्ये २ वटा खेल बराबरीमा पुर्याएको थियो भने ८ वटामा हार बेहोर्नु परेको थियो । चारवटा प्रतियोगितामा मालदिभ्सले जम्मा १४ गोल गर्न सफल भएको छ भने ४८ गोल खाएको छ । हालसम्म जम्मा ११ अंक प्राप्त गर्न सफल मालदिभ्स गत साफ सिरिजको उपविजेता टिम पनि हो ।
यसैले पूर्वविजेता टिम भारत र गत सिजनको उपविजेता टिमा मालदिभ्सबीच आज भइरहेको साफ वुमन्स च्याम्पियन्ससीप प्रतियोगिता प्रतिस्र्धात्मक हुने अनुमान छ ।
खेल जित्ने दुवैको यस्तो छ दाबी
भारतीय टिमकी मुख्य प्रशिक्षक म्यामोल रक्कीले यसअघिका सबै प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्न सफल भएकोले यसपालि पनि आफ्ना खेलाडीहरूले उत्कृष्ट प्रर्दशन गर्ने र जित सुनिश्चित गर्ने दाबी गरेकी छन् ।
उनले तीनपटक उपविजेता रहेको नेपालसहित प्रतिद्वन्द्वी टिम मालदिभ्स र बंगलादेशलाई पनि राम्रो टिम भनेकी छन् । यस्तै मालदिम्सका मुख्य प्रशिक्षक मोहम्मद आतिफले अघिल्ला दुई प्रतियोगितामा राम्रो प्रर्दशन गर्न सफल भएको र यसपाली पनि त्यसैलाई निरन्तरता दिने बताउँछन् ।
‘पहिले आफुहरू ग्रुप प्रतिस्पर्धामा सफल भएर सेमिफाइनलमा पुग्ने र त्यसपछि उपाधिका लागि अघि बढ्ने छौँ,’ प्रशिक्षक अतिफ भन्छन्, ‘हामीहरू संयमित भएर मैदानमा उत्रँने छौं विपक्षीविरुद्ध शसक्त्त खेल पस्कने रणनीतिमा छौं ।’
यसैले सबैभन्दा कमजोर टिम भुटान
२८ फागुनमा सम्पन्न उद्घाटन खेलमा विजयी भएको ग्रुप ‘ए’अन्र्तगतको नेपालले साफ वुमन्स च्याम्पियनसिपमा तीनपटक उपविजेतामा चित्त बुझाउनु परेको थियो । यसपालिको उद्घाटन खेलमासहित हालसम्म २० खेल खेलेको नेपालले ४ वटामा हार बेर्होदै १६ वटामा जित हासिल गरेको छ ।
हालसम्म जम्मा ९४ गोल गर्न सफल नेपालले १४ वटा गोल खाएर ४५ अंक ४८ अंक पाइसकेको छ । जारी सिरिजमा नेपालको अर्को प्रतिस्पर्धा २ फागुनमा बंगलादेशसँग हुनेछ ।
उता उद्घाटन खेलको प्रतिद्वन्द्वी भुटानले हालसम्म १ अंक मात्र पाएको छ भने एउटा खेल पनि जितेको छैन । जम्मा १३ खेल खेलिसकेको भुटानले १ खेल मात्र बराबरी बनाएको बनाएर १२ खेलमा हार बेहोरिसकेको छ ।
हालसम्म जम्मा ३ गोल मात्र गरेर भुटानले ७५ गोल खाइसकेको छ । जारी सिरिजमा ३० फागुनमा भुटानको अर्को प्रतिस्पर्धा बंगलादेशसँग हुनेछ ।
कुन टिम कुन समूहमा ?
विराटनगरमा जारी पाँचौ साफ महिला फुटबल प्रतियोगितामा ‘ए’ समूहमा बंगलादेश, नेपाल र भुटान छन् भने ‘बी’ समूहमा भारत, श्रीलंका र माल्दिभ्स छन् । पाकिस्तान टिम भने प्रतियोगितामा सहभागी भएको छैन ।
पाँचौ प्रतियोगिताअन्र्तगतको ३० फागुनको खेलमा भुटान र बंगलादेश, १ चैत मालदिभ्स र श्रीलंका, २ चैत बंगलादेश र नेपाल, ३ चैत श्रीलंका र भारत, ६ चैतमा दुवै सेमिफाइनल र ८ चैतमा अन्तिम फाइनल खेल हुँदैछन् ।