fbpx

पाँचौ महिला साफ : मैदानमा पानीको बोतल निषेध

 

विराटनगर, फागुन २६ ।

विराटनगरमा मंगलबारदेखि सुरु हुने पाँचौ साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । पूर्व प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउसो २ बजे प्रतियोगिता उद्घाटन गर्ने भएका हुन् ।

मंगलबारदेखि सुरु हुने प्रतियोगितामा आयोजक राष्ट्र नेपाल सहित ६ वटा देशले सहभागिता जनाउनेछन् ।

साफमा सहभागिता जनाउने छ वटा राष्ट्रको महिला फुटवल टोली विराटनगर आइपुगेका छन् । पहिलो पटक राजधानी बाहिर हुन लागेको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन आयोजक राष्ट्र नेपाल सहित भारत, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेशको महिला फुटबल टोली विराटनगर आएको अखिल नेपाल फुबल संघका एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । पाकिस्तानले भने अन्तिम समयमा प्रतियोगितामा सहभागि नहुने बताएको थियो ।

प्रतियोगिताको आन्तरिक तयारी पूरा भएको छ । तयारीकालागि विराटनगर महानगरपालिकाले १ करोड र प्रदेश १ सरकारले ५० लाख बजेट खर्च गरेका छन् ।

पानीको बोतल निषेध

पाँचौ साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हेर्न आउने दर्शकलाई पानीको बोतल र सिक्क मैदानमा लैजान प्रतिबन्ध लगाइएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सुरक्षाको कारण देखाउदै पानीको बोतल र सिक्का मैदानमा लैजान प्रतिबन्ध लगाएको हो ।

खेलको दौरानमा हुन सक्ने सम्भावित उत्सृङखल गितिविधी नियन्त्रणकालागि सिक्का र पानीका बोतललगायत हातले फाल्न सकिने सामाग्री मैदानमा ल्याउन रोक लगाइएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । राईका अनुसार एन्फाले नै मैदान भित्र पानीको व्यवस्थापन गर्ने छ ।

फागुन २८ गते हुने पहिलो उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटान बीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सात राष्ट्र सदस्य रहेपनि पाकिस्तान भने सहभागि भएको छैन् ।

प्रतियोगितामा सन २०१०,१२, र १४ मा उपबिजेता बनेको नेपाल समुह ए मा छ । ए मा नेपाल सहित बंगलादेश र भुटान छन् । सन २०१०, २०१२,२०१४ र २०१६ को बिजेता भारत सहित समुह बि मा श्रीलंका र माल्दिभ्स छन् । प्रतियोगिताको फाइनल खेल चैत ८ गते हुनेछ ।

प्रतिक्रिया

Loading...