fbpx

पाँचौं महिला साफ : इतिहास रच्ने दाउँमा नेपाल महिला टोली, उदघाटन खेलमा भुटानसँग भिड्दै

विराटनगर, २४ फागुन ।

नेपालले अन्तराष्ट्रीय स्तरमा महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन थालेको तीन दशक भन्दाबढी भयो । इतिहास तीन दशक लामो भएपनि व्यवसायीक रुपमा खेल्न सुरु गरेको भने सन २०१० देखि मात्र हो । तर यो अवधीमा नेपाली फेुटबल टोलीले कुनै अन्तराष्ट्रीय उपाधि जित्न सकेको छैन् ।

लामो समय उपाधि बिहिन रहेको नेपाली टोली पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको अन्तिम तयारीमा छ । महिला साफ च्याम्पियनसिप फागुन २८ गतेदेखि चैत ८ गते सम्म विराटनगरमा आयोजना हुदैछ ।

घरेलु मैदानमा हुने प्रतियोगितामा नेपाली टोली उपाधि जितेर इतिहास रच्ने दाउमा छ । साफको चौथो संस्करण सम्मको उपाधिमा भारतले जितेको थियो । दक्षिण एशियाली क्षेत्रमा भारतको दबदबा छ । तर तीन पटक फाइनल र एक पटक सेमिफाइनल खेलेको नेपाल घरेलु मैदानमा इतिहास रच्ने तयारी सहित मैदान उत्रने नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्का बताउछन् । ‘हामी उच्च मनोबलका साथ मैदानमा उत्रनेछौ ।’ खडका भन्छन ‘ घरेलु मैदानमा हुने प्रतियोगिताको ट्रफी हामी राख्छौ ।’

दक्षिण एसियाली फुटबलमा भारत अब्बल मानिन्छ । तर लगातार एक खेलमा बरावरी र एक खेलमा भारतलाई पराजित गरेको महिला टोली उच्च मनोबलका साथ मैदान उत्रने छ । ‘हाम्रो स्टाइकीङ लाइन साउथ एसियामा सबै भन्दा राम्रो छ’ खड्का भन्छन ‘ यो पटक जित्ने आधारहरु हामीसँग छन् ।’ नेपाली महिला फुटबल टोलीले एसियन ओलम्पिक छनोटमा भारतसँग बरावरी खेलेको थियो । हिरो ह्युमन कपमा भने नेपालले भारतलाई पराजित गरेको थियो ।

लगातार दुई खेलमा भारत विरुद्ध हाबी भएको नेपाली महिला टोली उच्च मनोबलका साथ मैदान उत्रने छ । तर खेल भएकाले सबै नतिजा आफै तर्फ हुन्छ भन्नेमा प्रशिक्षक खड्का विश्वस्त छैनन् । ‘सबैको तार्गेट गेम जित्ने हुन्छ, फेरी फुटबल र लाइफ स्योर हुदैन् ’ उनी भन्छन ‘ यो पटक जित्ने आधारहरु हामीसँग छन् ।’

फुटलब क्षेत्रमा भारतको लगानी ठूलो छ । उसले अन्तराष्ट्रीय प्रतियोगिताहरु पनि खेलीरहेको छ । तर नेपाली टोलीमा रहेको उच्च मनोबल र गोर्खार्लीको फाइटिङ स्पीटले गर्दा गेम जित्ने बताउछन् ।

२० सदस्यीय टोली घोषणा

महिला साफ च्याम्पियन्ससिपका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । आउँदो २८ गतेबाट विराटनगरमा हुन लागेको उक्त प्रतियोगिताका लागि २० सदस्यीय टोली घोषणा गरिएको हो ।

नेपाली महिला टिमका प्रमुख प्रशिक्षक हरि खड्काले बिहीबार बन्द प्रशिक्षणमा रहेका २३ जना खेलाडीबाट अन्तिम २० सदस्यीय टोली छनोट गरेका हुन् । खड्काले छनोट गरेको उक्त छनोटमा पूर्वकप्तान अनु लामासहित सुनिता चौधरी र बिमला चौधरी भने टिम छैनन् ।

गोलकिपर– अन्जना रानामगर, एन्जिला तेम्वाप्पो सुब्वा र उषा नाथ

डिफेन्डर– हीराकुमारी भुजेल, अमृता जैशी, कविता धिमाल, पूजा राना, गीता राना, पुनम जर्गा मगर र मनमाया लिम्बू

मिडफिल्डर– सरु लिम्बू, अनिता बस्नेत, दीपा राई, रेनुका नगरकोटी, अनिता केसी, मन्जली योञ्जन र सर्मिला थापा ।

स्ट्राइकर– निरु थापा (कप्तान), रेखा पौडेल र सावित्रा भण्डारी

उदघाटन खेलमा नेपाल भुटान भिड्दै

फागुन २८ गते हुने पहिलो उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटान बीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सात राष्ट्र सदस्य रहेपनि पाकिस्तान भने सहभागि भएको छैन् । प्रतियोगितामा सन २०१०,१२, र १४ मा उपबिजेता बनेको नेपाल समुह ए मा छ । ए मा नेपाल सहित बंगलादेश र भुटान छन् । सन २०१०, २०१२,२०१४ र २०१६ को बिजेता भारत सहित समुह बि मा श्रीलंका र माल्दिभ्स छन् । प्रतियोगिताको फाइनल खेल चैत ८ गते हुनेछ ।

प्रतिक्रिया

Loading...