fbpx

प्रेम सञ्जेल भन्छन्, ‘बिचौलियालाई गेटबाट छिर्न दिन्न’

विराटनगर, फागुन २२
नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले श्रम कायालय विराटनगरमा हाजिर भएकै दिनदेखि बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । श्रम मन्त्रालयले गरेको सरुवा रोकेपछि बुधवार बिहान श्रम कार्यालयमा हाजिर भएका सञ्जेलले कार्यालयभित्र बिचौलिया प्रवेशमा रोक लगाएका हुन् ।

गत असोज ११ गते श्रम कार्यालयको प्रमुखको रुपमा हाजिर भएका सञ्जेलको ७० दिनमै सरुवा भएको थियो । सरुवाविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएपछि अदालतले सरुवा कार्यान्वयन नगर्न आदेश दिएको थियो । आदेशपछि हाजिर भएका सञ्जेलले भने, ‘धेरै कुुरा सेवाग्राहीले आँफै गर्छन्, हाम्रो कार्यालयमा बिचौलियाको काम छैन् ।’

बुधवारदेखि नै बिचौलियालाई रोकेको उनले बताए । सञ्जेलको कार्यालयले बैदेशिक रोगजारीमा जानेहरुको श्रम स्वीकृति दिने काम गरिरहेको छ । श्रम स्वीकृतिका लागि बिचौलिया हाबी भएपछि रोकेको उनले बताए ।

कार्यालयमा हाजिर हुँदै संजेलले आफ्ना तीन कामको प्राथमिकता पनि तोकेका छन् । संजेलले श्रम कार्यालयमा सर्वसाधरणले हालेका मुद्दा छिन्ने, आफू कार्यालय प्रमुख हुँदा निरीक्षण गरेका उद्योग अनुगमन र त्यसपछि दिएका निर्देशन कार्यान्वयन गरे÷नगरेको अनुगमन गर्ने र पुनः श्रम स्वीकृतिका लागि काम हुँदा हुने ढिलासुस्ती, घुषखोरी र अतिरिक्त शुल्क लिने काम रोक्ने तथा गरेको थाहा पाए कारबाही गर्ने बताएका छन् ।

बीमा र दस्तुर बुझ्न कार्यालयमै काउण्टर

श्रम कार्यालय अगाडि खुलेका फारम भर्ने पसलहरूले सेवाग्राहीबाट १००० रुपैयाँ शुल्क लिँदै आएका छन् । बीमा, फारम भरेको र बैंकमा पैसा बुझाउन १००० शुल्क लिएको पाएपछि सञ्जेलले बैंकलाई कार्यालयमा नै काउण्टर खोल्न निर्देशन दिएका छन् ।

‘श्रम स्वीकृतिको दस्तुर तिर्न तीनवटा बैंकमा खाता छ,’ सञ्जेल भन्छन्, ‘बैंकमा पैसा बुझाउन मात्र ३०० सय रुपैयाँ लिएपछि सानिमा बैंकलाई काउण्टर खोल्न भनेको छु ।’ सञ्जेल बुधवार नै प्राइम बैंक पुगेका थिए । तर, प्राइमले तत्काल खोल्न नसक्ने भएपछि सानिमालाई खोल्न लगाइएको बताए ।

‘एउटा कम्युटर राखेर काउण्टर खोल्न भनेको छु,’ सञ्जेल भन्छन्, ‘सानिमाले बीमा पनि गर्दाे रहेछ । बीमा र दस्तुर कार्यालयबाटै लिन तीन दिनभित्र काउण्टर खुल्छ ।’ सेवाग्राहीले कार्यालय बाहिर रहेका सटरलाई तिर्नुपर्ने १००० शुल्क घटेर ४०० मा झर्नेछ । फारम भर्नेहरूले फारम भरेको ४००, बीमा शुल्क ३०० र बैंक गएबापत ३०० रुपैयाँ लिने गरेका थिए ।

काम गर्दा जनताले माया गर्छन्

सरुवा भएपछि पुनः फर्केर श्रम कार्यालयमा आउने आशा नभएपनि सम्मानित अदालतले न्याय दिएको बताउँदै सञ्जेल भ्रष्टाचारविरोधी अभियन्तालाई सर्वसाधरणले माया गर्ने गरेको बताउँछन् । ‘मलाई जनताले कति माया गर्दा रहेछन् भन्ने कुरा यसैपटक थाहा पाएँ,’ सञ्जेलले भने, ।

पुनःश्रम स्वीकृति लिन आउनेहरूलाई श्रम कार्यालयबाहिर सटर खोलेर काम गरिरहेकाहरूले श्रम कार्यालयमा छिटो गरिदिन्छु, यसरी मिलाइदिन्छु उसरी मिलाइदिन्छु भन्ने काम नगर्न अनुरोध गर्दै उनले त्यसखालको काम भएर पैसा उठाउने काम भए अख्तियार लगाएर जेल हाल्ने चेतावनी दिए ।

कोही त्रसित हुनुपर्दैन्

श्रम कार्यालय आएपनि कोही पनि उद्योगपति त्रसित हुनुपर्ने कारण नभएको बताए । सञ्जेलेल श्रम ऐनको पूर्णरुपमा लागू गराउने बताए । सञ्जेललाई सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रालयका सचिव महेशप्रसाद दाहालले गरेको सरुवा कानूनसम्मत नदेखिएकाले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

सञ्जेलले आफूलाई गैरकानूनी र अन्यायपूर्ण व्यवहार गरेको उल्लेख गर्दैै सर्वोच्चमा फागुन १७ गते रिट निवेदन दायर गरेका थिए । उपसचिव सञ्जेललाई गत असोज ११ मा निर्वाचन आयोगको क्षेत्रीय निर्देशकबाट वरिष्ठ श्रम अधिृकतका रुपमा श्रम कार्यालयमा विराटनगरमा सरुवा गरिएको थियो ।

त्यसलगत्तै गत पुस ५ गते व्यवसायिक सीप तथा तालिम प्रतिष्ठानमा इटहरीमा सरुवा गरिएको थियो । आफ्नो सरुवा घुस्याहा र भ्रष्टाचार गर्नेहरूको जोडबलमा गरिएको भन्दै संजेलले सरकार र मन्त्रालयप्रति आक्रोश व्यक्त गर्दै पत्रकार सम्मेलन गरेपछि उनको चर्चा चुलिएको थियो ।

प्रतिक्रिया

Loading...