fbpx

विराटनगरमा मदिरा पसल : नयाँ अनुमति रोकियो, पुरानो लाइसेन्सको कालोबजारी !

विराटनगर, फागुन २२
विराटनगर महानगरपालिकाले मदिरा पसल सञ्चालको नयाँ लाइसेन्स दिन बन्द गरेपछि पुराना लाइसेन्सको कालोबजारी हुने गरेको पाइएको छ ।

डेढ वर्षयता महानगरपालिकाले नयाँ मदिरा पसल सञ्चालनको अनुमति दिएको छैन् । नयाँ अनुमति नदिएपछि वर्षाैँ पहिले दर्ता भएका तर नविकरण नभएका पसलहरूको लाइसेन्स कालोबजारी हुने गरेको हो ।

कालोबजारी भएका लाइसेन्स आन्तरिक राजस्व कार्यालय विराटनगरमा एक महिनामा ४–५ वटासम्म नविकरणका लागि पुग्ने गरेका छन् । विराटनगरसँग सीमा जोडिएको भारतको बिहार प्रान्तमा मदिरा उत्पादन र बिक्री वितरणमा प्रतिबन्ध छ ।

बिहारमा प्रतिबन्ध लागेपछि विराटनगरमा नयाँलाई सञ्चालनको अनुमतिमा रोक लगाएको थियो । नयाँ सञ्चालनमा रोक लगाएपछि लाइसेन्सको कालोबजारी हुने गरेको पाइएको हो ।

महानगरपालिकाले नया“ अनुमति दिन रोकेपनि मदिरा पसल खुल्नेक्रम जारी छ । खुलेका केही मदिरा पसल दर्ताबिहीन छन् केहीले भने पुरानो लाइसेन्स खरिद गरी सञ्चालन गरिरहेका छन् ।

नयाँ मदिरा पसल सञ्चालनको अनुमती नदिरहेको बेला लाइसेन्स कालोबजारी हुनु महानगरकै लागि लज्जाको विषय भएको उपभोक्तावादी संस्था पब्लिक फोरम अध्यक्ष उत्तम ढुंगेल बताउँछन् ।मदिरामा हुने अस्वस्थ्य प्रतिस्पर्धाले समस्या निम्त्याउने ढुंगेल बताउँछन् ।

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख दिलिप गौतमका अनुसार महिनामा ४–५ वटा पुराना मदिरा पसलको अन्तशुल्क नविरकणका लागि सेवाग्राही आउने गरेको बताए । आन्तरिक राजस्व कार्यालयका अनुसार मोरङ जिल्लाभर ३ हजार ६ सय ८३ मदिरा पसल तथा होटलहरुले अन्तशुल्क नविकरण गराएका छन् ।

पछि हटे मेयर, नयाँ अनुमति खुल्दै

नयाँ मदिरा पसललाई सञ्चालनको अनुमति नदिने निर्णय गरेका विराटनगर महानगरपालिका मेयर भीम पराजुली आफ्नो निर्णयबाट पछि हटेका छन् । डेढ वर्षअघि पहिलो नगरसभाबाट पारित गरेको निर्णयविपरीत मेयर पराजुली मदिराको लाइसेन्स खुलाउने तयारीमा जुटेका हुन् ।

व्यवसायीको दवावपछि महानगरले मदिरा पसल सञ्चालनको अनुमति पुनः खोल्ने तयारी गरेको छ । व्यवसायीको दवावपछि कार्यविधि बनाएर नयाँ अनुमति दिने तयारी भएको हो ।

मेयरकै अग्रसरतामा २०७४ भदौमा भएको पहिलो नगरसभाबाट नया“ मदिरा पसलको स्वीकृति दिन बन्द गरेको थियो । तर, व्यवसायीको दवावपछि मेयर पराजुलीले मदिरा पसल सञ्चालनका लागि कार्यविधि बनाउन प्रमुख प्रशासनिकय अधिकृतको संयोजकत्वमा समिति गठन गरेका छन् ।

समितिले छलफल गरिरहेको बताउँदै पराजुलीले कार्यविधि बनेपछि नयाँ पसल सञ्चालनका लागि अनुमति दिने बताए ।

प्रतिक्रिया

Loading...