fbpx

‘तक्मे बुढा’ले ल्याए यस्तो गीत (भिडियोसहित)

विराटनगर, फागुन २०
हाँस्यकलाकार विल्सन विक्रम राई ‘तम्मे बुढा’ ले नयाँ गीत बजारमा ल्याएका छन् । उनको बेजोड अभिनय रहेको ‘साइकलको घण्टी’बोलको कमेडी गीत बजारमा आएको हो ।

विल्सनका साथमा उक्त म्युजिक भिडियोमा रेखा लिम्बू र भिमफेदी गाइजको अभिनय एवं नृत्य रहेको छ । विल्सनकै निर्देशनमा बनेको उक्त भिडियो ‘तक्मेबुढा डटकम’नामक युटुब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

यता गीतमा भने गायक दर्शन वाग्लेको स्वर रहेको छ । यस्तै भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारीको संगीतमा बनेको उक्त गीतमा सौरभ तिम्सेनाको शब्द तथा रिकेश गुरुङको एरेन्ज रहेको छ ।

Loading...