fbpx

उत्तर कोरियाली नेता किम जङ अन भियतनाम पुग्दा नक्कली किम जङ  देश निकाला 

काठमाडौं, फागुन १४ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने शिखर बार्ताकालागि उत्तर कोरियाली नेता किम जङ अन भियतनाम पुग्दा नक्कली किम जङ अनलाई देश निकाला गरिएको छ । बुधवार र बिहीवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने दोस्रो शिखरवार्ताका लागि किम जङ अन भियतनामको हनोई पुगेका  छन् । सक्कली किम जङ अन आएपछि भियतनाम प्रहरीले किम जङ अनको नक्कल गर्ने हावर्ड एक्सलाई देश निकाला गरेको हो ।

हावार्ड र ट्रम्पजस्तो देखिने रसेल ह्वाइटलाई ट्रम्प र किमको नक्कल गरेका थिए । शिखर बार्ता हुनेभएपछि भियतनामको हनोईमा नेताको भेष धारण गरेर नक्कल गरिरहेका थिए। त्यसो गर्न नछोडे उनीहरूलाई देशबाट निकालिदिने चेतावनी भियतनामी पक्षले दिएको थियो । एक्स हङकङका बासिन्दा हुन् । प्रहरीले उनलाई भिसा नक्कली भएको बताएर देशबाहिर पठाएको  बिबिसिले जनाएको छ ।

देश निकाला भएपछि उनले जुनकुनै तानाशाहीका लागि व्यङ्ग्य शक्तिशाली हतियार भएको बताए ।  आफूलाई निकालिनुको एउटा कारण किमसँग ुहास्यव्यङ्ग्यको चेत नहुनुु पनि रहेको उनको तर्क छ।  दुई दिनभन्दा बढी समय लगाएर किम जोङ अन प्योङ्याङदेखि हनोईसम्मको झन्डै चार हजार किलोमिटरको यात्रा एउटा निजी रेलमा गरेका थिए।

ट्रम्प र किमबीच गत वर्ष सिङ्गापुरमा पहिलो ऐतिहासिक वार्ता भएको थियो। उनीहरूले वार्तालाई निरन्तरता दिने सहमति गरेका थिए।  आइतवार किम प्योङ्याङबाट हिँडेको पुष्टि भएपछि मात्र शिखरवार्तामा उनको सहभागिताबारे पहिलो स्वीकारोक्ति आएको थियो। ट्रम्पले समेत आफू हनोईतर्फ लागेको भन्दै ट्वीट गरेका छन्।

ह्वाइट हाउसकी प्रवक्ताले बताएअनुसार बुधवार साँझ उनीहरूले एक्लाएक्लै सङ्क्षिप्त वार्ता गर्नेछन्। त्यसपछि आफ्ना केही सल्लाहकारसँगै बसेर साँझको खाना खानेछन् । बिहीवार भने उनीहरूबीच चरणबद्ध वार्ताहरू हुनेछन् ।  बैठक सिङ्गापुर वार्ताबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै त्यसलाई कार्यान्वयन तहमा लैजाने थप आधारहरू तयार गर्ने बताइएको छ।

प्रतिक्रिया

Loading...