fbpx

प्रताप दासले ल्याए नयाँ गीत, हेर्नुहोस् भिडियो


विराटनगर, फागुन १४

चर्चित रियालिटी शो ‘नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ ।

गायक प्रतापको आवाजमा रहेको ‘घामले जुनलाई’ बोलको नयाँ गीत आइतबार युटुबमार्फत् सार्वजनिक भएको हो । गायक दासलाई गायिका सुमिना लामाले गायनमा साथ दिएकी छन् ।

राजेशकुमार श्रेष्ठको शव्द, संगीत एवं एरेन्जमा बनेको सो गीतको भिडियोमा गायक दास र गायिका लामालाई नै देखाइएको छ । गीतको भिडियोलाई सन्दीप भुजेलले निर्देशन गरेका हुन् ।

उमंग शाहीले यस भिडियोमा सिनेमाटोग्राफी गरेका छन् । यस्तै भिडियोलाई प्रेमप्रसाद शर्मा पौडेलले सम्पादन गरेका छन् ।

Loading...