fbpx

श्रीकृष्ण लुईंटेल ‘बोकेदाह्री’ले ल्याए ‘भन्नुहुन्छ मेरी आमाले’ (भिडियोसहित)

विराटनगर, फागुन १४
आफ्ना सिर्जनात्मक कार्यहरू भिडियोमार्फत् देखाउँदै दर्शकलाई मनोरञ्जन मात्र नभएर समाजमा सन्देश पस्कने गायकका रुपमा चिनिन्छन्, गायक श्रीकृष्ण लुईंटेल । चिउँडोमा लामो दाह्री पालेका कारण उनी ‘बोकदाह्री’को नामबाट पनि परिचित छन् ।

‘ए बा किन्देउ न भटभटे’, बाँके बर्दिया, ‘मुखमा हान्नु जस्तो’, ‘सुनको सिक्री’ लगायत थुप्रै कमेडी तथा सन्देशमुलक हिट गीत दिएका उनले फेरि अर्को सन्देशमुलक गीत सार्वजनिक गरेका छन् ।

गायक लुईंटेलकै शब्द रचना तथा उनकै संगीत रहेको ‘भन्नुहुन्छ मेरी आमाले’ बोलको गीत मंगलबार सार्वजनिक भएको हो । श्रीकृष्णलाई सृष्टि लुईंटेलले साथ दिएकी छन् । सृष्टि गायक लुईंटेलकै छोरी हुन् । गीतमा जोनी योञ्जनको एरेन्ज रहेको छ ।

यस्तै उक्त सन्देशमुलक भिडियोमा गायक लुईंटेलका साथै सृष्टि, शारदा, तेजाश्वीनी, राज सुब्बा, एलसी, विशाल र राजको अभिनय रहेको छ । श्रीकृष्णकै निर्देशनमा बनेको उक्त भिडियो सुवास लिम्बूले सम्पादन गरेका छन् ।

https://youtu.be/kNtyARvkE6E

Koshi Online

FREE
VIEW