fbpx

‘रेलिमाई २’ मा ‘प्रेमी’ आर्जनसँग केकीले कसिन् लगनगाँठो (भिडियोसहित)

विराटनगर, फागुन ६
केही समययता नायिका केकी अधिकारी र मोडल आर्जन पाण्डेयको प्रेम गसिप थुप्रै मिडियाले दिएका छन् । यी दुईको प्रेमको चर्चा फिल्मी बजारमा चलिरहेकै छ ।

उनीहरूबीचको सम्बन्धलाई सञ्चारमाध्यमहरुले गसिपका रुपमा प्राथमिकताका साथ ‘कभर’ गर्दै आएका छन् । यद्यपि, उनीहरूले भने यो कुरा स्वीकार गरिसकेका छैनन् । तर, हालै सार्वजनिक भएको एक म्युजिक भिडियोमा उनीहरूको ‘स्क्रिन सेयर’ गरेपछि भने केकी र आर्जनबीच अफेयरमा रहेको अनुमान लगाउनेलाई थप प्रमाण जुटेको छ ।

गायिका मेलिना राईको आवाजमा समेटिएको एक म्युजिक भिडियोमा केकी र आर्जनले अभिनय गरेका हुन् । ‘रेलिमाई–२’ लाई ‘झिमिक्कै परेली’ शीर्षकमा सार्वजनिक गरिएको हो ।

यस गीतमा प्रतीक पौडेलेको संगीत रहेको छ । यता भिडियोतर्फ भने रोहिया महर्जनको कोरियोग्राफी तथा अर्जुन तिवारीको छायांकन छ । विशाल भण्डारीको निर्देशनमा बनेको उक्त भिडियो प्रवीण श्रेष्ठले सम्पादन गरेका हुन् ।

Loading...