fbpx

फेसबुकले छुट्यो सम्बन्ध, दक्षीणा अनमोलतिर लगेपछि रोहित भए एक्लै (भिडियोसहित)

विराटनगर, फागुन ३
चर्चित गायक नरेन्द्र प्यासीको आवाजमा सजिएको नयाँ गीत सार्वजनिक भएको छ । उनको आवाजमा समेटिएको ‘तिम्रो लागि’ बोलको गीत बिहीबार युटुबमा सार्वजनिक भएको हो ।

नरेन्द्र एक समयका चर्चित गायक हुन् । केही समयअघि उनले नेपाली सांगीतिक क्षेत्रलाई धेरै नै हिट गीतहरु दिइसकेका छन् । तर, बीचमा सांगितिक क्षेत्रबा गायब नै भएका उनी अहिले नयाँ गीत लिएर बजारमा आएका हुन् ।

भिडियोको गीतमा दुर्गा प्रसाद कडरियाको शब्द रचना, चित्रलाल शर्माको संगीत रहेको छ भने पुष्कर सुनुवारले एरेन्ज गरेका हुन् । गुन्जन रेकर्डिङ स्टुडियोमा तयार भएको गीतको भिडियो क्रियटिभ मोसन पिक्चर काठमाडौँमा सम्पादन गरिएको हो ।

संगीत क्षेत्रमा आफ्नो पाइलालाई अघि बढाउन दिनरात मेहनत गरिरहेका गीतकार रोहित घिमिरे यो गीतको भिडियोमा फिचर भएका छन् । यस्तै उनी संगै मोडलिङ्ग लाईनमा पाईला चाल्न रुचाउने दक्षीणा भट्टराईको अभिनय रहेको छ ।

भिडियोलाई इटहरीमा रहेर मनोरन्जन मात्रको डिजिटल मिडिया सञ्चालन गरिरहेका सुवाश संकल्पले निर्देशन गरेका छन् । उनले यसअघि आधा दर्जन बढी भिडियो निर्देशन गरिसकेका छन् । सुवाशले निर्देशन मात्र नभएर यस भिडियोमा अभिनय पनि गरेका छन् ।

परिकला मिडिया प्रालिबाट निर्मित यो भिडियो इटहरी र आसपासका रमाइलो ठाउँमा छायांकन गरिएको छ । भिडियोमा विवाहित महिलाको मोबाईल तथा फेसबुक क्रेज, बिन्दासपन र धोकेबाज शैलीलाई भिडियोमा उतारिएको छ ।भिडियोलाई सुमन तामाङ्गले छायांकन तथा ड्रोन उडाएका छन् ।

Loading...