fbpx

प्रताप दासलाई पर्‍यो ‘कसैको माया पाउन गाह्रो’ (भिडियोसहित)

विराटनगर, फागुन २
एपीवन टिभीबाट प्रशारित पहिलो संस्करणको ‘नेपाल आइडल’का सेकेण्ड रअनरअप तथा गायक प्रताप दासले नयाँ गीत बजारमा ल्याएका छन् ।

उनको आवाजमा समेटिएको ‘कसैको माया पाउन गाह्रो ’बोलको नयाँ गीत युटुबमा सार्वजनिक भएको हो । बिहीबार ओएसआर डिजिटलको युटुब च्यानलमार्फत् सार्वजनिक भएको उक्त गीतमा सुवाश गौतमको शब्द तथा एनबी थापा मगरको संगीत रहेको छ ।

प्रमोद परियारको एरेन्जमा बनेको उक्त गीतको भिडियोमा आकाश, विपना र धनजितको अभिनय रहेको छ । टेकेन्द्र शाहको निर्देशनमा बनेको उक्त गीतको छायांकन रामकुमार केसीले गरेका हुन् । यस्तै सम्पादन भने निर्देशक शाह आफैंले गरेका छन् ।

प्रतिक्रिया

Loading...