fbpx

नकुल कार्कीको ‘यो मन’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, फागुन १
गायक नकुल कार्कीको ‘यो मन’ बोलको नयाँ गीत बजारमा आएको छ । पप विधाका गीतहरुमा आवाज दिँदै आएका गायक कार्कीको आवाजमा समेटिएको उक्त गीत बुधबार युटुबमार्फत् सार्वजनिक भएको हो ।

उक्त पप गीतमा मनोज केसी ‘समय’को शब्द रचना रहेको छ । यस्तै गीतमा गायकस्वयं नकुलकै संगीत छ । यस्तै उक्त गीतको भिडियोमा डेभिट घिमिरे र निशा श्रेष्ठको अभिनय रहेको छ ।

उक्त गीतको भिडियो नेपालबाहिर खिचिएको छ । भिडियोलाई दुर्गा बान्तवा राईले छायांकन गरेका हुन् भने अनिल सम्राटले उक्त भिडियोलाई सम्पादन गरेका हुन् । यस्तै गीतमा दुर्गा बान्तवा राईकै निर्देशन रहेको छ ।

उक्त गीतको भिडियो म्युजिक नेपालको युटुब च्यानलमाफत् सार्वजनिक भएको हो ।

प्रतिक्रिया

Loading...