fbpx

आँचल र पल शाह अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

विराटनगर, फागुन १
नायक पल शाह तथा नायिका आँचल शर्मा अलिहेका व्यस्त नायक–नायिका मानिन्छन् । उनीहरु फिल्मको छायांकनका साथसाथै म्युजिक भिडियोमा उत्तिकै समय दिइरहेका छन् ।

नायक पल शाह अहिले उनको नयाँ फिल्म ‘वीर विक्रम’को छायांकनमा व्यस्त छन् भने नायिका आँचल आगामी फिल्म ‘दाल भात तरकारी’को छायांकनमा व्यस्त छिन् । तर, व्यस्त समयमा पनि उनीहरुले म्युजिक भिडियोमा समय दिइरहेका हुन्छन् ।

यी दुईको जोडी म्युजिक भिडियोमा धेरै रुचाइन्छ । त्यैभएर पनि उनीहरु फिल्म सँगसँगै म्युजिक भिडियोमा पनि समय दिन्छन् । यस्तैमा पल शाह र आँचल शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उनीहरुको अभिनय एवं नृत्य रहेको ‘मायामा’ बोलको म्युजिक भिडियो सोमबार सार्वजनिक भएको हो । सार्वजजनिक गीतमा राहुल विश्वाश र सेनश्री थापाको आवाज छ । सुरेश वाग्ले र मेघराज लगनुको शब्द रचना रहेको उक्त गीतमा मेघराजकै संगीत छ ।

यता भिडियोमा भने पल र आँचका साथमा मोडल सुशिल काफ्लेको पनि अभिनय रहेको छ । विकाश सुवेदीको निर्देशनमा बनेको उक्त भिडियोलाई सुप्रिम पराजुलीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Loading...