fbpx

पल शाह र आँचल शर्मा बने ‘दिलराजा–दिलरानी’ (भिडियोसहित)

विराटनगर, माघ २९

अहिलेका व्यस्त नायका–नायिका पल शाह र नायिका आँचल शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनीहरुको अभिनय एवं नृत्य रहेको ‘दिलराजा दिलरानी’ बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको हो ।

नायक पल शाह अहिले उनको नयाँ फिल्म ‘वीर विक्रम’को छायांकनमा व्यस्त छन् भने नायिका आँचल आगामी फिल्म ‘दाल भात तरकारी’को छायांकनमा व्यस्त छिन् । तर, व्यस्त समयमा पनि उनीहरुले म्युजिक भिडियोमा समय दिइरहेका हुन्छन् ।

यस्तैमा उनीहरुले गायक इन्दु बाँनिया तथा गायक बीबी अनुरागीको गीतको भिडियोमा पनि अभिनय गरेका हुन् । सुमन शरापितको शब्द रचना र गायक बीबी अनुरागीकै संगीत तथा एरेन्जमा बनेको उक्त गीतकोको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

नवराज उप्रेतीको कोरियोग्राफी रहेको उक्त भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

Loading...