विराटनगर, माघ २९
गायक राजेश पायल राईले नयाँ गीत बजारमा ल्याएका छन् । उनको आवाजमा सजिएको नयाँ गीत ‘डोली चढाएर’ युटुबमा सार्वजनिक भएको छ ।
मंगलबार सार्वजनिक भएको उक्त गीतमा राजेशपायललाई गायिका करुणा शेर्पाले साथ दिएकी छन् । डिजे मेवाहाङको शब्द रचना तथा संगीतमा बनेको उक्त गीत राजु कार्कीले एरेन्ज गरेका हुन् ।
यस गीत भिडियोमा भने गायक राजेशपायल र गायिका करुणलाई नै देखाइएको छ ।
https://youtu.be/9aGntYrDq64