fbpx

शिव परियारको गीतमा आकाश र स्वस्तिमाको रोमान्स (भिडियोसहित)

विराटनगर, माघ २६
चर्चित गायक शिव परियारको आवाजमा सजिएको नयाँ गीत सार्वजनिक भएको छ । उनको स्वरमा सजिएको ‘तिमी नै मेरो सास’ बोलको नयाँ गीत शनिबार सार्वजनिक भएको हो ।

‘शिवालय’ नामक एल्बममा समावेश उक्त गीत गायक शिवकै युटुब च्यानलमार्फत् सार्वजनिक भएको हो । एकनारायण भण्डारीको शब्द रचना तथा आशिष अभिरलको कम्पोज एवं संगीतमा बनेको उक्त गीतको भिडियोमा अहिलेका चर्चित नायक आकाश श्रेष्ठ र नायिका स्वस्तिमा खड्काको अभिनय रहेको छ ।

यी दुई कलाकारको रोमान्टिक अभिनय रहेको उक्त भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक निकेश खड्काले निर्देशन गरेका छन् भने सुबोल थापाले कोरियोग्राफी गरेका छन् । बुद्ध थापाको छायांकन रहेको उक्त भिडियो विकाश धमलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

ten + 17 =

Loading...