fbpx

प्रमोद खरेलको बाइकमा एलिशा राई, यस्तो छ उनीहरुको ‘गोप्य कुरा’ (भिडियोसहित)

विराटनगर, माघ २४
गायक प्रमोद खरेलले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन् । उनको आवाजमा समेटिएको ‘यो कुरा गोप्य’ बोलको नयाँ गीत बिहीबार युटुबमा सार्वजनिक भएको हो ।

एकनाायण भण्डारीको शब्द रचना तथा आशिष अभिरलको संगीत र एरेन्जमा बनेको सो गीतको भिडियाे गायक खरेलकै युटुब च्यानलमार्फत्  सार्वजनिक भएको हो । सार्वजनिक गीतको भिडियोमा नायक नाजिर हुसेन तथा नायिका एलिशा राईको अभिनय छ । नाजिर र एलिशालाई गायक प्रमोदले अभिनयमा साथ दिएका छन् ।

राजीव समरको कोरियोग्राफीमा बनेको सो भिडियोमा अनील के मानन्धरको छायांकन छ भने शान थापाको निर्देशन छ । यस्तै भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

Loading...