विराटनगर, माघ २४
एपिवान टिभीबाट प्रशारित ‘नेपाल आइडल’को दोस्रो संस्करणबाट चर्चामा आएकी ‘काउली बुढी’ अर्थात् सन्ध्या बुढामगरको स्वरमा सजिएको नयाँ गीत बजारमा आएको छ ।
सन्ध्या तथा गायक पूर्ण विश्वकर्माको स्वर रहेको निकै वियोगान्त भाव समेटिएको ‘आशुले मुख धुन्छु मैले त’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । आफ्ना प्रेमीले आफूलाई निकै पीडा भएको कुरा भाव समेटिएको उक्त लोकदोहोरी गीत बिहीबार सार्वजनिक भएको हो ।
प्रेम राणामगरको शब्द रचना तथा पूर्ण बिकको संगीतमा बनेको सो गीतमा बुद्धविर थापा र सारिका केसीको अभिनय देख्न सकिन्छ । मुकेश हुमाँगाईँको छायाँकन तथा अभिनाश डिसीको सम्पादनमा बनेको सो भिडियोमा बविता श्रेष्ठको निर्देशन रहेको छ ।