fbpx

गणित पढाउने शिक्षक नै ‘पोर्नस्टार’ भएपछि….


एजेन्सी, माघ
विदेशमा पोर्नस्टार हुनु कुनै नौलो कुरो होइन, तर एक शिक्षक पोर्नस्टार भएको खुलेपछि विद्यार्थीहरु अचम्मित भएका छन् ।

इटालीको राजधानी रोमस्थित सापिएन्जा विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुले आफूहरुलाई पढाउने प्राध्यापक पूर्वपोर्नस्टार भएको थाहा पाएपछि आश्चर्यचकित भएका हुन् । उनीहरुले आफूलाई गणित विषय पढाउने शिक्षक रुगेरो फ्रेडी पहिलेको चर्चित पोर्नस्टार कार्लोस मासी भएको थाहा पाएका थिए ।

प्रोफेसर रुगेरोले आफ्नो विगत झल्काउने युवा अवस्थाको बलिष्ठ र सुगठित शरीरयुक्त तस्बिर फेसबुकमा राखेपछि कसैले उनको विगत पत्ता लगाएर रिपोर्टरलाई खबर गरेको न्युज डटकम डट एयूले उल्लेख गरेको छ । तर, उनले आफ्नो विगतलाई कहिल्यै लुकाउन नचाहेको समेत जनाइएको छ ।

प्रोफेसरले नै यसलाई सिक्रेट लाइफ नभएको बताएका छन् । उनले सुरुमा आफू इन्जिनियरिंग क्षेत्रमा काम गर्न चाहेर पनि अवसर नपाएपछि त्यसो गर्न बाध्य भएको उल्लेख गरिएको छ । उनलाई अमेरिकामा सोही प्रकृतिका चलचित्रमा काम गर्न अनुरोध आएपछि उनले पैसा कमाउन त्यसो गरेको बताएका छन् ।

उनले आफ्नो विगतबारे खुल्ने र आफ्ना विद्यार्थीले समेत थाहा पाउने पहिले नै आँकलन गरेको समेत बताएका थिए भने उनी आफ्नो दुवै करिअरबाट सन्तुष्ट रहेको समेत बताएका । ‘विश्वले मलाई एकदमै स्मार्ट गे भनेर चिन्छ, यसमा म खुसी छु’ उनले भनेका छन् ।

प्रतिक्रिया

Loading...