यस्तो ठाउँ जहाँ यौनाङ्गको पनि पूजा गरिन्छ


एजेन्सी, माघ १३
महिलालाई पूजा गर्नु त सामान्य मानिन्छ, तर महिलाको यौनाङ्ग पूजा गरिन्छ भन्ने सुन्दा जो–कोहीलाई पनि अचम्म लाग्छ । तर, भारतको एक राज्यमा भने महिलाको यौनाङ्ग पूजा गर्ने गरिन्छ ।

भारतको आसाम राज्यको गुहावटी शहरस्थित ‘माँ कामाख्या’ मन्दिरमा योनी पूजा गर्ने गरिन्छ । भारतमा अबस्थित ५२ वटा शक्तिपीठहरुमध्ये यो शक्तिपीठ प्रशिद्ध रहेको छ । यो मन्दिरमा कुनै मूर्ति छैन र पौराणिक कथाअनुसार यो शक्तिपीठमा देवीमाताको योनी खसेको मानिएकाले त्यहाँ योनीलाई नै प्रतिकका रुपमा मानेर पूजा हुने गरेको छ ।

साधनका लागि प्रमुख केन्द्रको रुपमा रहेको यो मन्दिरमा जसको पनि इच्छा पूरा हुने भएकाले मन्दिरको नाम कामाख्या मन्दिर राखिएको जनाइएको छ । तीन भाग रहेको मन्दिरमा पहिलो भाग सबैभन्दा ठूलो छ जहाँ सबैलाई प्रवेशको अनुमति छैन ।

दोस्रो ठाउँमा माताको दर्शनको व्यवस्था मिलाइएको छ जहाँ कुनै मूर्ति छैन ।.सो ठाउँमा एउटा ढुंगा छ जहँबाट पानी बगिरहन्छ । महिनामा एकपटक भने यो ढुंगाबाट रगतको धारा बग्ने गर्दछ र सो बेला मातालाई रजस्वला भएको मानिन्छ ।

ठूलो संख्यामा भक्तजनहरु गएर सो रातो पानीले भिजेको कपडालाई प्रसाद लिएर आउने गरेका छन् ।

Loading...