fbpx

गर्भवती विरालो मार्ने ड्राइभरलाई दुई वर्षको जेल सजाय सुनाइयो


क्वालालमपुर, माघ ४
गर्भवती विरालो मार्ने ड्राइभरलाई दुई वर्षको जेल सजाय सुनाइएको छ । यो मलेसियाको घटना हो । मलेसियाका एक जना ट्याक्सी चालकलाई गर्भवती विरालो मारेको आरोपमा अदालतले दुई वर्षको जेल सजायको फैसला गरेको हो ।

गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । जनवर अधिकारवादी कानून व्यवसायी ए. मोहनराजले अनावश्यक रुपमा चालकले विरालोलाई मारेको अभियोग लगाउँदै कारबाहीको माग गरेका थिए ।

क्वालालमपुरदेखि बाहिर रहेको कपडा धुने ठाउँमा गत सेम्टेम्बरमा घटना भएको बेर्नामा समाचार संस्थाले जनाएको छ । विरालोको हत्या सम्वन्धी दृश्य सिसिटिभीमा खिचिएको थियो र त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो । घटनामा दुई व्यक्ति संलग्न थिए । एक जना महिलाले मारिएको त्यो विरालोको शव प्रहरी कार्यालयमा लगेर उजुरी दिएकी थिइन् ।

दोषी ठहर गरिएको ४२ बर्षिय मोहनराजले आफुले जानीजानी विरालोको हत्या नगरेको दावी गर्दै आएका छन् । तर, उनको आग्रह र दावीलाई अस्विकार गर्दै अदालतले बिहीबार दुई वर्षे जेल सजाय सुनाएको छ । यस्तो आरोप लागेका अभियुक्तहरुलाई बढीमा तीन वर्ष जेल सजाय गर्न सकिने कानूनी व्यवस्था भएपनि न्यायधिशहरूले दुई वर्ष तोकेका हुन् ।

अदालतको आदेश आउनु अगाडि अदालतमा उनले भनेका थिए, ‘मलाई पश्चाताप महशुस भएको छ, सवै मलेसियाली नागरिकसँग म यो अनुरोध गर्दछु की आगामी दिनमा मबाट यस्तो काम हुनेछैन ।’ एएफपी

प्रतिक्रिया

twelve − eight =

Loading...