fbpx

चीनले पहिलोपटक उमार्यो चन्द्रमामा विरुवा


एजेन्सी, माघ २
नयाँ–नयाँ खोज अनुसन्धानमा सफल मानिएको देश चीनले चन्द्रमामा विरुवा उमारेको छ । चीनको चां गई ४ अन्तरिक्ष यानले चन्द्रमामा विरुवा उमारेको हो ।

चीनको अन्तरिक्ष एजेन्सी संस्था (सीएनएसए) ले मंगलबार जारी गरेको तस्बिरमा कपासको बिउ टुसाउँदै गरेको देख्न सकिन्छ । चन्द्रमाको सतहमा यस्तो घटना पहिलोपटक भएको हो भने योभन्दा अघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा यस्तो तरिकाको खेति गरिएको थियो ।

अहिलेको मिसनमा भने कपास, तिल, आलू, अरेबिडोप्सिस र केही फल रहेको छन् । चीन अन्तरिक्ष एजेन्सीले आउँदो १०० दिनमा अरू धेरै विरुवा उम्रने दाबी गरेको छ । स्पेस परिक्षणको ठूलो सफलता मानिएको यो परिक्षणले आउँदो दिनमा उतै मानव बस्ती बसाउँने सपना पनि साकार पार्ने जनाइएको छ ।

कन्टेनरमा विरुवालाई हुर्कन चाहिने सम्पूर्ण कुराहरु जस्तै माटो, पानी र अन्य कुराहरु राखिएको छ । ०.८ लिटरको उक्त कन्टेनर आल्मुनियम धातुको मिश्रणले बनाइएको जनाइएको छ ।

प्रतिक्रिया

Loading...