प्रदेशको नाम तथा राजधानी चाँडो टुग्याउ र सम्पत्ति विवरण सार्वजनिक गर भन्दै विराटनगरमा प्रदर्शन !
प्रदेश सरकारका मन्त्री र जनप्रतिनिधिहरुको सम्पत्ति सार्वजनिक गर्नुपर्ने र प्रदेशको नाम र स्थायी राजधानी चाँडो टुग्याउन माग गर्दै सोमबार विराटनगरको ट्राफिक चौकमा प्रर्दशन गर्दै नागरिकहरु । पब्लिक फोरम नेपालको अगुवाईमा भएको प्रर्दशनमा विभिन्न संघसंस्थाका प्रतिनिधि,पेशाकर्मी र बुद्धिजिवीहरुको सहभागिता थियो ।