आर्मीलाई पाखा लगाउँदै झापाले जित्यो फागुनन्द गोल्डकपको उपाधि

0


पाँचथर, पुस ३०
फिदिममा सम्पन्न १० औं संस्करणको फागुनन्द गोल्डकपको उपाधि झापा ११ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा झापाले विभागीय टिम आर्मीलाई हराउँदै उपाधि हात पारेको हो ।

झापाले आर्मीलाई २–१ ले हराएको हो । उसलाई उपाधि दिलाउन पुजन उपरकोटीले दुवै गोल गरेभने आर्मीका राजिव गुरुङले एक गोल फर्काए । पुजनले खेलको २३ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा अग्रता दिलाएका थिए ।

पहिलो हाफ ०–१ ले पछि परेको आर्मीका लागि राजिवले खेलको ७१ औं मिनेटमा गोल गर्दै खेल बराबरी बनाए । तर, ८३ औं मिनेटमा पुजनले गोल गर्दै झापालाई उपाधि दिलाए ।

उपाधिसँगै झापाले ४ लाख प्राप्त गरेको छ भने उपविजेता बनेको आर्मीले २ लाख पाएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW