कट्रिनाले बनाएकी हुन् दीपिकालाई सुपरस्टार !


विराटनगर, पुस ३०
बलिउड अभिनेत्री दीपिका पादुकोण बलिउड हालै सबैभन्दा मंगहो सेलिब्रेटीको सूचीमा दोस्रो स्थानमा छिन् । हालैमात्र जारी भएको चौथो संस्करणको रिपोर्टअनुसार उनी सबैभन्दा महंगा ब्राण्ड सेलेब्रिटीको सूचीको दोस्रो स्थानमा छिन् ।

उक्त सूचीको पहिलो स्थानमा भने भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली रहेका छन् । १०.२५ करोड डलर ब्राण्ड भ्यालुका साथमा दीपिका दोस्रो स्थानमा छिन् । दीपिकाले २१ ब्राण्डको विज्ञापन गरिरहेकी छन् ।

यस्तै उनी बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री पनि हुन् । कुनै फिल्म खेलेको उनले १४ देखि १५ करोड भारू लिने गर्छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनी अर्की अभिनेत्री कट्रिना कैफको गल्तीको कारण अत्यधिक चर्चामा आएकी हुन् ।

कुनै समय अभिनेता अक्षयकुमार र कट्रिनाको जोडी निकै चर्चामा थियो । ‘नमस्ते लण्डन’पछि कट्रिना कैफलाई धेरै फिल्मबाट प्रस्ताव आएको थियो तर उनले अस्वीकार गरेकी थिइन् । पछि उक्त फिल्ममा दीपिका पादुकोणले अभिनय गरेकी थिइन्, जुसले दीपिकालाई नै सुपरस्टार बनायो ।

बलिउडमा निकै चर्चामा रहेको फिल्म ‘यह जवानी है दीवानी’को लागि कट्रिनालाई सुरूमा प्रस्ताव गरिएको थियो । तर, उनले अस्वीकार गरेपछि यस फिल्ममा दीपिका पादुकोणले मौका पाइन् । र, यो फिल्मले एक सय करोडभन्दा बढी आम्दानी गरेको थियो ।

यस्तै चलचित्र ‘चेन्नई एक्सप्रेस’ पनि कट्रिनाको पोल्टोमा पर्न लागेको चलचित्र हो । शाहरुख खानको साथमा कट्रिनाको जोडी ‘जब तक हे जान’ मा निकै रुचाइएको थियो । त्यसपछि रोहित शेट्टीले यस फिल्मका लागि अफर गरेका थिए । तर, उनले अस्वीकार गरेपछि दीपिका भाग्य चम्कियो ।

यसैगरी ‘रामलीला’ पनि दीपिकाले कट्रिनाको भाग्य तानिन् । यो फिल्मको लागि पनि कट्रिनालाई पहिलो प्रस्ताव गएको थियो तर उनले त्यसका लागि अस्वीकार गरेकी थिइन् । जसका कारण सञ्जयलीला भन्सालीले दीपिकालाई लिए । अहिले दीपिका भन्सालीको पहिलो रोजाईकी अभिनेत्री बनेकी छन् ।

चलचित्र ‘ह्याप्पी न्यु इयर’ खासै धेरै सफल चलचित्र मानिँदैन । तर, यस फिल्मले कमाई भने ठिकठाक गरेको थियो । कट्रिनाका लागि ‘ह्याप्पी न्यु इयर’ बाट अफर आयो तर उनले यसलाई पनि रातो सिग्नल देखाइन्् । र, दीपिकाले मौकामा चौका हानिन् ।

रणवीर र दीपकाको अर्को एउटा हिट फिल्म रह्यो ‘बाजीराव मस्तानी’ । यस फिल्ममा कट्रिनाले रणवीरका कारण काम गरिनन् ।

Loading...