च्यासललाई हराउँदै थ्री स्टार खप्तड गोल्डकपको सेमिफाइनलमा


धनगढी, पुस ३०
थ्री स्टार क्लब धनगढीमा जारी तेस्रो आइस सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनल खेलमा च्यास युथ क्लबलाई १–० गोलले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो ।

थ्री स्टारलाई जित दिलाउन रुपेश केसीले निर्णायक गोल गरे । उनले खेल सकिन दुई मिनेट अगाडि मात्र गोल गरे । रुपेशले खेलको ८८औँ मिनेटमा गोल गरेका हुन् ।सुनिल बलको क्रसमा पेनाल्टी एरियामा रहेका रुपेश गोल गरेका हुन् ।

थ्री स्टारले अब फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा मेची नेत्रालय काँकडभित्ता ट्रेनिङ सेन्टरसँग खेल्नेछ । प्रतियोगिताअन्तर्गत मंगलवार अन्तिम क्वाटरफाइनलमा संकटाले क्यामरनी क्लब धापिनस सँग खेल्नेछ । यस खेलको विजेताले सेमिफाइनलमा नेपाल पुलिससँग खेल्नेछ ।

Loading...