आर्सनलका राम्सेले रोनाल्डोसँग खेल्ने पक्का !

0


एजेन्सी, पुस ३०

आर्सनलका मिडफिल्डर युभेन्टस जाने पक्का भएको छ । खेल समाचर पोर्टल गोल डटकमका अनुसार आर्सनलका खेलाडी आरोन राम्से अब युभेन्टसबाट खेल्ने पक्का भएको हो ।

राम्सेले युभेन्टसमा गएर मेडिकल गरिसकेको र अब ५ वर्षको कन्ट्रयाक्ट साइन गर्न लागेको जनाइएको छ । यसै सिजनमा उनी आर्सनलबाट फुकुवा हुँदैछन् र उनी अब स्टार खेलाडी रोनाल्डोसँगै खेल्नेछन् ।

युभेन्टसले राम्सेलाई ३५ मिलियन युरोको हाराहरीमा साइन गर्ने संकेत देखाएको छ । यो सिजन खासै चम्कन नसकेका उनी इटाली गएर रोनाल्डोसँग खेल्दा झन् दबाबमा हुनेछन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW