युएईलाई हराउँदै नेपाल दुई खेलअघि नै सेमिफाइनल प्रवेश !

0


काठमाडौँ, पुस ३०
थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले जित निकालेको छ । सोमबार भएको सो खेलमा बलियो टोली मानिने युएइलाई हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।

नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै लगातार तेस्रो जितसहित सेमिफाइनलमा स्थान पक्का गरेको हो । बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १ सय ५ रन बनायो ।

बलिङमा नेपालकी सोनु खड्का, सीता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिईन् ।

१ सय ६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेपालले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर सीता राना मगरले ३७ रन जोडिन् । यस्तै काजल श्रेष्ठले २५ रन जोड्दा इन्दु बर्माले १३ रन बनाईन् ।

यस जितसँगै एक खेलअगावै सेमिफाइनल यात्रा तय गरेको नेपालले ३ खेलबाट ६ अंक जोडेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्नेछ ।

यसअघि नेपालले पहिलो खेलमा शनिबार चीनलाई १० विकेटले हराएको थियो भने आइतबार भएको दोस्रो खेलमा मलेसियालाई छ विकेटले पराजित गरेको थियो ।

उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङकङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यानमार छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW