fbpx

नासाले थाल्यो पृथ्वीलाई उल्काबाट बचाउन नयाँ अभियान


एजेन्सी, पुस २६
अमेरिकी संस्था नासाले पृथ्वीलाई उल्काबाट बचाउन नयाँ अभियान थालेको छ । नासाले सन् २०२१ सम्ममा सो योजनाको परीक्षण गर्ने समेत जनाएको छ ।

प्रायः उल्का पृथ्वीको सतहसम्म आइनपुग्दै सकिन्छन् तर कुनै ठूलो उल्का खसेमा पृथ्वीलाई धेरै असर हुने भएकाले नासाले सो उल्कालाई आकाशमै फुटाउने तयारी गरेको छ । डबल एस्टोराइड रिडाइरेक्सन टेस्ट (डार्ट) नाम दिइएको उक्त अभियानको परीक्षण भने कुनै एउटा उल्कासँग ठोक्काएर गरिने बताइएको छ ।

धेरै पहिला एक उल्का पृथ्वीमा ठोक्किएर डायनासोरको युग सकिएको बताउने गरिएको छ । सो उल्का खसेको स्थान अमेरिकाको एराइजोनामा अझै देख्न सकिन्छ ।

प्रतिक्रिया

Loading...