fbpx

कारसँग साइकल ठोक्किँदा कार नै कच्याककुचुक (भिडियोसहित)


एजेन्सी, पुस २५
कार र साइकल जुध्दा साइकल कच्याककुचुक भएको हामीले देख्दै आएको छौं । तर, चीनमा भने ठ्याक्कै उल्टो भएको छ । चीनको एक शहरमा कारसँग ठोक्किएको साइकल ठीक अवस्थामा छ भने कारमा उल्टै क्षति पुगेको छ ।

चीनको दक्षिणी भेगको सेनजेन भन्ने उक्त शहरमा कार र साइकल जुध्दा कार नै कच्याक कुचुक भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यस खबरलाई अचम्म लाग्दो खबर भएको बताएका छन् ।

द्रुतगतीमा आएको कारसँग ठोक्किएको साइकल ठीक अवस्थामा छ भने कारको अगाडिको भाग टुटेको छ । चीनमा भाइरल बनेको यस घटनाको भिडियोलाई धेरैले झुटो भनेका थिए, तर, सो शहरकै प्रहरीले उकत भिडियो इन्टरनेटमा हालेपछि सबै चकित परेका छन् ।

Loading...