fbpx

प्रहरी चौकीबाटै साइकल चोरेपछि… (भिडियो)


एजेन्सी, पुस २४
अमेरिकाको एक प्रहरी चौकीबाटै साइकल चोरी गर्ने चोर पक्राउ परेका छन् । अमेरिकाको अर्गियन प्रदेशको ग्लाडस्टोन प्रहरी चौकीबाट साइकल चोरी गर्दागर्दै प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।

प्रहरी चौकीभित्र रहेका प्रहरी अधिकारीले नै उनलाई पक्राउ गरेका थिए । चौकीभित्र रहेको सिसी क्यामेराबाट हेरिरहेका प्रहरी आएर उसलाई गिरफ्तार गरेका थिए । अनुहार छोपेर आएको चोरले साइकलको चाबी फोड्दैगर्दा उनलाई पक्राउ गरिएको थियो ।

एडम वेल्ले नाम गरेको उक्त चोरले चोर्दै गर्दाको भिडियो स्वयं सो प्रहरी चौकीले आफ्नो फेसबुक पेजमा हालेको थियो ।

प्रतिक्रिया

Loading...