fbpx

श्रीमतीले सम्भोग गर्न नदिएको झोँकमा श्रीमानले काटे लिङ्ग !


एजेन्सी, पुस १२
भारतमा एक व्यक्तिले आफ्नो लिङ्ग काटेका छन् । भारतको उत्तर प्रदेशका एक व्यक्तिले आफ्नी श्रीमतीको झोँकमा लिङ्ग काटेका हुन् ।

घाँसी राम नाम गरेका उक्त ब्यक्तिले श्रीमतीले सम्भोग गर्न नदिएपछि रिसको झोँकमा लिङ्ग काटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डेली मेलका अनुसार उनी राति रक्सी खाएर घर आएका थिए र श्रीमतीलाई यौनसम्पर्क राखौँ भनेर प्रस्ताव राखेका थिए ।

तर, उनकी श्रीमतीले भने उनको सो प्रस्ताव अस्वीकार गरेकी थिइन् । मदिराले मातेर आएका घाँसी रामले आफ्नो प्रस्ताव अस्वीकार गरेको भन्दै भान्सामा गई चक्कुले आफ्नो लिङ्ग दुई टुक्रा पारेका थिए ।

उनले आफ्नो लिङ्ग काटेर भुईँमा पछारिए ।

उनीहरुको विवाह भएको १८ वर्ष भइसकेको थियो । उनीहरुका दुई छोरा र एक छोरीसमेत छन् ।

प्रतिक्रिया

2 × 5 =

Loading...