fbpx

डाकुसँग बिहे गरेपछि एक महिला प्रहरीको जागिर गुम्यो !

सांकेतिक तस्बिर

विराटनगर, पुस ११
भारतको बिहारस्थित भागलपुर प्रहरी कार्यालयमा कार्यरत एक महिला प्रहरीको प्रेम कहानीले गर्दा जागिर गुमेको छ । प्रिती नाम गरेकी महिला प्रहरी सोही जिल्लाको कुख्यात डाकुसँग प्रेममा परेकी थिइन् ।

मिठु शाह नामक उक्त डाकु प्रहरीको मोस्ट वान्टेड सूचिमा थिए । मिठुको जीवनशैलीले प्रभावित भएकी सो महिला प्रहरीले हालसालै उसँग बिवाह गरेकी थिइन् ।

प्रहरीको गोप्य सूचना डाकु तथा आफ्ना पति मिठुलाई दिएको पत्ता लागेपछि प्रहरी कार्यालयले उनलाई निलम्बित गरेको जनाइएको छ ।

–एजेन्सी

प्रतिक्रिया

Loading...