एजेन्सी, पुस ११
अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयकी शिक्षिकाले विद्यार्थीलाई शून्य अंक दिएकै कारण निलम्बित हुनुपरेको छ ।
कक्षा ८ मा सामाजिक शिक्षा पढाउने शिक्षिका डायने टिराडो आफूले दिएको गृहकार्य नगरेका विद्यार्थीलाई शून्य अंक दिएकी थिइन । कसैलाई जिरो अंक दिन नपाइने उक्त विद्यालयको नियम रहेतापनि विद्यार्थीले हेलचेक्राँई गरेकाले उनले सजाय स्वरुप शून्य अंक दिएको जनाएकी छिन् ।
उता विद्यालयले भने अधिक भार दिने गरेको गुनासो गरेका थिए । सो विद्यालयमा पढाउन थालेको ३ महिना बित्न नपाउँदै उनलाई निलम्बन गरिएको थियो ।