पल शाहलाई मन पर्‍यो एलिशा राईको इशारा (भिडियोसहित)


विराटनगर, पुस ४

नायक पल शाह र नायिका एलिशा राईको म्युजिक भिडियो सार्वजनिक भएको छ । यी दुईको अभिनय रहेको ‘मलाई मन पर्‍यो’ बोलको गीत बुधबार युटुबमा रिलिज गरिएको हो ।

पछिल्लो समय एलिशा धमाधम म्युजिक भिडियोका लागि मात्र समय खर्चिरहेकी छन् भने पल दुवैतिर भ्याइरहेका छन् । उनी फिल्मको छायांकनमा पनि व्यस्त छन् भने म्युजिक भिडियो पनि गरिरहेका छन् ।

अभिनय र नृत्य दुवैमा उत्तिकै पोख्त रहेका पल र एलिशा पछिल्लो समय थुप्रै म्युजिक भिडियोमा जोडीको रुपमा आइसकेका छन् । यस भिडियोमा भने पल एक दर्जीको रुपमा प्रस्तुत भएका छन् । यस्तै पल र एलिशालाई पिंक श्रेष्ठले साथ दिएकी छन् ।

यी दुई कलाकारलाई जीवन शाहीले निर्देशन गरेका छन् । गीतमा भने जुलेन बरालको स्वर रहेको छ भने कालिप्रसाद बाँस्कोटाको संगीत रहेको छ । खेम रिजालको शव्द रहेको यस गीत रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।

प्रतिक्रिया

Loading...