अनमोल केसी र प्रदीप खड्कालाई पछि छोड्दै अशोक दर्जी शीर्ष स्थानमा (भिडियोसहित)


विराटनगर, पुस १
‘भाइरल ब्वाई’ तथा पूर्वका बालगायक अशोक दर्जीको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत शीर्ष स्थानमा परेको छ । बिहीबार सार्वजनिक भएको अशोक दर्जी, टंक बुढाथोकी तथा उनका छोरा एआर बुढाथोकीको स्वरमा सजिएको यस गीत युटुब ट्रेण्डिङ नम्बर वानमा परेको हो ।

गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ भने भिडियोमा अशोक, एआर, टंक, रुपक बासु, कला मैनाली, दीपिका शर्माको अभिनय रहेको छ ।

अशोक दर्जीको नयाँ गीत ‘चौरीको चाम्रो छुर्पी’ सार्वजनिक (भिडियोसहित)

अशोकको उक्त गीतले नायकद्वय अनमोल केसी र प्रदीप खड्कालाई पनि पछि पारेका छन् । आजको ट्रेन्डिङमा अशोकको गीत एक नम्बरमा पर्दा अनमोलको गीत ‘रहर छ संगै’ दोस्रो नम्रबमा तथा प्रदीपको फिल्म ‘लिली बिली’ तेस्रो स्थानमा छ ।

यो समाचार तयार पार्दासम्म अशोकको यस गीतले पौने तीन लाख भ्युज बनाएको छ भने अनमोलको गीतले १२ लाख २८ हजार तथा प्रदीपको फिल्मले २४ लाख ३७ हजार भ्युज बनाएको छ ।

प्रतिक्रिया

Loading...