नेपाल आइडलका सेकेण्ड रनरअप कृष्णको ‘ओ माइ लभ’ सार्वजनिक (भिडियो)


विराटनगर, मंसिर २७
एनटिभी प्लसबाट २०७० सालमा एनटिभी प्लसबाट प्रशारण भएको रियालिटी शो ‘नेपाल आइडल’का सेकेन्ड रनरअप कृष्ण खवासले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । सानैदेखि संगीत क्षेत्रमा संघर्षरत कृष्णले ‘ओ माई लभ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

उनको आवाजमा समेटिएको उक्त गीतमा शव्द एवं संगीत पनि उनकै रहेको छ । रोशन बान्तवाको एरेन्जमा बनेको सो गीतको भिडियोमा सागर श्रेष्ठ र सविना श्रेष्ठको अभिनय रहेको छ । यस्तै भिडियोमा विनय हमालको सिनेमाटोग्राफी तथा रीकेश बज्राचार्यको सम्पादन रहेको छ ।

गायक खवास विराटनगरमा रहेको महेन्द्र मोरङ बहुमुखी आदर्श क्याम्पसबाट बीएससी गर्दै सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । उनले भारतीय टेलिभिजनबाट प्रशारण हुने चर्चित रियालिटी शो ‘सा रे गा मा पा’मा पनि अनुभव बटुलेका छन् ।

 

प्रतिक्रिया

Loading...