म्युजिक भिडियोमा रक्षा र बलेले गरे रोमान्स, हेर्नुहोस् भिडियो


विराटनगर, मंसिर २७
नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित सिरियल ‘भद्रगोल’का कलाकार सागर लम्साल (बले) र रक्षा श्रेष्ठ (रक्षा)को अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । यी दुईको रोमान्समय अभिनय रहेको ‘जति घ्यू खाएनि ज्यू नै लाएन’ बोलको गीत बिहीबार युटुबमा सार्वजनिक भएको हो ।

उक्त गीतमा प्रकाश कटुवालको आवाज रहेको छ भने विनोद ढकालको शव्द रचना रहेको छ । यस्तै गायक प्रकाशकै संगीतमा बनेको सो भिडियोमा ‘भद्रगोल’का कलाकारद्वय बले र रक्षाको धमाकेदार नृत्य एवं रोमान्स रहेको छ ।

लोक विधाको उक्त गीतको भिडियोमा चर्चित भिडियो निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् भने दुर्गा पौडेलको सिनेमाटोग्राफर रहेको छ । यस्तै भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया

Loading...