अशोक दर्जीको नयाँ गीत ‘चौरीको चाम्रो छुर्पी’ सार्वजनिक (भिडियोसहित)


विराटनगर, मंसिर २७
‘भाइरल ब्वाई’ तथा पूर्वका बालगायक अशोक दर्जीको नयाँ गीत सार्वजनिक भएको छ । अशोक दर्जी, टंक बुढाथोकी तथा उनका छोरा एआर बुढाथोकीको स्वरमा सजिएको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत बिहीबार सार्वजनिक भएको हो ।

गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ । यस्तै गीतमा अनुप दास र सञ्जीव सुब्बाले गितार बजाएका छन् भने धनबहादुरले सनाई, तथा नगेन्द्र राईले बा“सुरी बजाएका छन् ।

यस्तै गीतको भिडियोमा ‘मन बिनाको धन ठूलो कि’ बाट स्थापित भएका बालगायक अशोकका साथै एआर बुढाथोकी, टंक बुढाथोकी, रुपक बासु, कला मैनाली, दीपिका शर्माको अभिनय रहेको छ ।

सौरभ लामाको सिनमाटोग्राफी रहेको उक्त भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । संगीतकार टंककै कन्सेप्टमा बनेको सो भिडियोलाई कविराजले नै निर्देशन गरेका छन् ।

https://youtu.be/W7rbU560XJY

प्रतिक्रिया

Loading...