मेलिना राईको गीतमा यसरी नाचे सुनील क्षेत्री र सारा शिर्पाइली (भिडियो)


विराटनगर, मंसिर २४
चर्चित डान्स सुनील क्षेत्री तथा नायिका सारा शिर्पाइलीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । यी दुईको नृत्य रहेको ‘मायाको पासोमा’ बोलको म्युजिक भिडियो सोमबार युटुबमार्फत् सार्वजनिक भएको हो ।

उक्त गीत सुमधुर स्वरकी धनी गायिका मेलिना राई तथा गायक दीपककुमार कार्कीको स्वरमा सजिएको छ । एलिशा तिमल्सिनाको शव्द रचना तथा नेत्र काफ्लेको संगीतमा बनेको सो गीत साहस शाक्यले एरेन्ज गरेका छन् ।

भिडियोमा सारा र सुनीललाई नेपाली ठिठोजले साथ दिएका छन् । निरन्जन र युमीको कोरियोग्राफी रहेको सो भिडियोलाई बासु न्यौपानेले खिचेका हुन् । यस्तै सुनील न्यूरेको निर्देशन रहेको उक्त भिडियो विकाश ज्ञवालीले निर्देशन गरेका हुन् ।

 

प्रतिक्रिया

Loading...