शिव परियारको गीतमा आकाश र साराको यस्तो रोमान्स (भिडियोसहित)


विराटनगर, मंसि २३
पछिल्लो समय नेपाली सिनेमा क्षेत्रमा व्यस्त बनेका नायक आकाश श्रेष्ठ र नायिका सारा सिर्पाइली म्युजिक भिडियोमा एकसाथ देखिएका छन् । यी दुईले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सारा र आकाशको रोमान्टिक अभिनय रहेको ‘रात पनि’ बोलको गीत गत शुक्रबार नै रिलिज भएको हो । चर्चित गायक शिव परियारको कर्णप्रिय आवाज रहेको उक्त गीतमा दुर्गा प्रधानको शव्द तथा विनोद पछाईको संगीत रहेको छ ।

‘अन्ली फर यू’ नामक एल्बममा समावेश भएको सो गीतको भिडियो भने निशान कश्यपले निर्देशन गरेका हुन् । उत्सव दाहालले खिचेको सो भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया

Loading...