यस्तो बन्यो टंक र अशोक दर्जीको नयाँ गीत (भिडियोसहित)


विराटनगर, मंसिर २१
चर्चित गीत ‘मन बिनाको धन ठूलो कि’ बाट स्थापित बालगायक अशोक दर्जीको स्वरमा रहेको अर्को म्युजिक भिडियोको छायांकन सकिएको छ । गायक तथा संगीतकार टंक बुढाथोकी र ‘भाइरल’ ब्वाई अशोकको अर्को म्युजिक भिडियोको बिहीबार छायांकन सकिएको हो ।

उक्त गीतको बोल ‘चौरीको चाम्रो छुर्पी’ रहेको छ । यी दुईले चाँडै नै उक्त सांगितिक कोशेली बजारमा ल्याउने जनाएका छन् । संगीतकार बुढाथोकीले यस गीतको छायांकन बारे एक भिडियो युटुबमा हालेका छन् ।

जस भिडियोमा दर्शकले ‘मन बिनाको धन’ जस्तै प्रकारको गीतको अपेच्छा गर्दै प्रतिक्रिया गरेका छन् ।

 

प्रतिक्रिया

Loading...