‘प्रसाद’की हट एण्ड बोल्ड नम्रता श्रेष्ठ, हेर्नुहोस् तस्बिरहरु

0

  
काठमाडौं, मंसिर २१
आज शुक्रबारदेखि नायिका नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको चलचित्र ‘प्रसाद’ देशव्यापी प्रदर्शन भयो । तर, त्यसको दुईदिन अघि अर्थात् बुधबार यस फिल्मको प्रिमियर आयोजना गरिएको थियो । जसमा ‘प्रसाद’मा सोझी श्रीमतीको भूमिका निभाउने उनी हट एण्ड बोल्ड बनेर आएकी थिइन् ।

उनले यस फिल्ममा केही पृथक भूमिका निभाएकी छन् । नम्रताबाहेक यस चलचित्रमा विपिन कार्की र निश्चल बस्नेतको पनि मुख्य भूमिका छ । यस फिल्म निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् ।

‘प्रसाद’ सन्तान नहुँदा श्रीमान र श्रीमतीबीच उत्पन्न हुने मनमुटावमा आधारित भएर बनाइएको छ । जसमा विपिन र नम्रताको बैवाहिक जीवनमा अर्का नायक निश्चलले भाँजो हाल्दै भिलेन बनेका छन् ।

चलचित्रलाई सुवास थापाले निर्माण गरेका छन् । चलचित्रको पटकथा तथा संवाद पत्रकार सुशील पौडेलले लेखेका हुन् ।

 

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW