भारतमा असफल भएपछि चीन छिरे आमिर खान !

0


विराटनगर, मंसिर २०
बलिउड अभिनेताद्वय आमिर खान र अमिताभ बच्चनको मुख्य अभिनय रहेको ‘ठग्स अफ हिन्दोस्तान’ अब चीनमा प्रदर्शन हुने भएको छ । भारतमा फ्लपको ‘ट्याग’ भिरेको यस चलचित्र चीनमा रिलिज हुन लागेको हो ।

पछिल्लो क्रममा चाइनिज फिल्म मार्केटमा बलिउडले दबदबा बढाउँदै जाँदा यो फिल्म पनि चीनमा प्रदर्शन हुन लागेको हो । यसका लागि सो फिल्म चाइनिज भाषामा पनि तयार भएको जनाइएको छ ।

भारतीय मिडियाले जनाएअनुसार यस फिल्म यहि डिसेम्बर २८ बाट चीनमा प्रदर्शन हुन लागेको छ । गत ८ नोभेम्बरबाट भारतमा प्रदर्शनमा आएको यस फिल्मले चीनमा प्रदर्शन गर्न चाइनिज भाषामा अफिसियल पोस्टर पनि तयार गरेको छ । बलिउड समिक्षक एवं वितरक तरुण आदर्शले एक ट्वीट गर्दै यस फिल्म चीनमा प्रदर्शन हुन लागेको जानकारी दिएका छन् ।

सर्वाधिक चर्चाका बीच प्रदर्शनमा आएको भएपनि सो फिल्मले बलिउड बक्सअफिसमा जम्मा १ सय ४५ करोडको बिजनेस गरेको थियो । बलिउडमा थुप्रै हिट फिल्महरु दिए पनि सो फिल्मले आमिरलाई ‘ठग’ नै बनाइदिएको थियो ।

यद्यपि, उनले यस फिल्मका बारेमा आफ्ना फ्यानहरुसँग माफी मागेका हुन् । एक पत्रकार सम्मेलनमा उनले भनेका आफूले दर्शकलाई मनोरञ्जन दिन नसकेको भन्दै माफी मागेका थिए ।

फिल्म एकैपटक ७ हजार पर्दामा देखाइएको थियो ।

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW