प्रभास अभिनित ‘साहो’को ट्रेलर रिलिज हुँदै, फ्यान भेट्न जापान जाँदै प्रभास

0


विराटनगर, मंसिर २०
‘बाहुबली’ र ‘बाहुबली २’ फिल्मबाट तहल्का मच्चाएपछि साउथ स्टार प्रभासको थप चर्चामा छन् । उनलाई भेट्न उनका प्रशंसक उनको एक झलक पाउनका लागि मरिहत्ते गर्छन् ।

यद्यपि, प्रभास आफ्ना प्रशसंकलाई भने थोरै भएपनि समय दिन्छन् । उनले केही समयअघि केही फ्यानसँग भेट गरेका थिए । भारतमा मात्र नभएर विदेशतिर पनि उत्तिनै फ्यान बनाएका प्रभासलाई प्रशसंकहरुले जापानमा पनि उनको आउँदो फिल्म प्रदर्शन गर्न आग्रह गरेका छन् ।

उनी सोही आग्रहअनुसार आफ्ना फ्यानसँग भेट गर्नका लागि जापान जाँदै छन् । भारतीय मिडियाका अनुसार प्रभासले आफ्नो आउँदो फिल्मको ट्रेलर रिलिज अगावै जापानका फ्यानलाई भेट्ने छन् ।

स्मरण होस्, प्रभास अर्को एक ठूलो फिल्ममार्फत् दर्शकमाझ आउँदैछन् । उनको आगामी फिल्म ‘साहो’मार्फत् प्रभास दर्शकमाझ देखिन लागेका हुन् । फिल्म ‘साहो’ को छायांकन अन्तिम चरणमा छ भने ट्रेलर चाँडै नै रिलिज हुने बताइएको छ । यसको टिजर रिलिज भने भइसेको छ । उनी अभिनित ‘साहो’को टिजर एक वर्षअघि नै रिलिज भएको थियो । यस फिल्ममा प्रभासका साथमा श्रद्धा कपूर, निल नितिन मुकेश, अरुण विजयको पनि मुख्य अभिनय रहेको छ ।

उनले ट्रेलर रिलिज हुनुभन्दा अगाडि नै जापानका फ्यानलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ । उनले जापानामा निकै नै फ्यान कमाएका छन् । किनकी प्रभासको अभिनय रहेको ‘बाहुबली’ फिल्म भारतबाहेक अन्य देशमा पनि प्रदर्शन भएको थियो जसमा जापान पनि रहेको छ ।

प्रभास ‘साहो’पछि अर्को एक फिल्ममा आउँदैछन् । जसमा उनीबाहेक जुनियर एनटीआर र रामचरण पनि साथमा देखिने छन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW