शाहरुखको ‘जिरो’सँग भिड्ने यशको ‘केजीएफ’ पाँच भाषामा बनाइयो

0


विराटनगर, मंसिर २०
कन्नड फिल्म उद्योगको ठूलो नाममध्ये एक हुन् यश, जसको फिल्म ‘केजीएफ’ प्रदर्शनका लागि तयार छ । उनको उक्त फिल्मको ट्रेलर ‘बाहुबली’ सँग तुलना गरिँदैछ ।

सोही फिल्मले बलिउड अभिनेता शाहरुखको फिल्म ‘जिरो’सँग प्रतिस्पर्धा गर्दैछ । यस फिल्म कन्नडबाहेक तमिल, तेलुगू, मलयालम र हिन्दी गरी पाँच भाषामा बनाइएको छ । यस फिल्ममा यशले खलनायक र नायक दुवैको भूमिका निभाएका छन् ।

यस फिल्म सबै भाषामा एकैसाथ रिलिज गरिँदैछ । यस फिल्म पिरियड ड्रामा ७० को दशकको कार्यकालमाथि आधारित छ । यस फिल्मलाई दुई भागमा बनाइने छ । यसको पहिलो भागको शीर्षक ‘केजीएफ च्याप्टर १’ हुनेछ, जो २१ डिसेम्बरमा प्रदर्शन हुँदैछ ।

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW